२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

विजय थलापतिमाथि पत्निको विश्वासघातको आरोप

दक्षिण भारतीका प्रसिद्ध अभिनेता तथा तमिलका राजनितिज्ञ थलापति विजयमाथि वैवाहिक जीवनसम्बन्धी गम्भीर आरोप लागेको छ।

उनकी पत्नी संगीता सोर्नालिंगमले २५ वर्षको वैवाहिक सम्बन्धपछि सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेकी छन्।

भारतीय मिडिया अनुसार उनले विजयमाथि विश्वासघातको आरोप लगाएकी छन्। उक्त मुद्दा   पारिवारिक अदालतमा दर्ता गरिएको बताइएको छ। सञ्चारमाध्यम इंडिया टुडेका अनुसार, संगीता अब विजयसँग सँगै बस्न इच्छुक नरहेको उल्लेख गरिएको छ।

अदालतले यसलाई विचाराधीन मुद्दा भएको जनाएको छ र आगामी सुनुवाइमा दुवै पक्षका तर्क सुन्ने बताइएको छ। विजय र संगीताको विवाह २५ अगस्ट १९९९ मा भएको थियो।

उनीहरूको भेट एक फिल्मी कार्यक्रममा भएको बताइन्छ र परिवारको सहमतिमा विवाह सम्पन्न भएको थियो। दुवैका दुई सन्तान छन्। छोरा जेसन सञ्जय (फिल्म निर्माण अध्ययन गरेका) र छोरी दिव्या साशा। विजयले भने डिसेम्बरमा चलचित्रबाट सन्यास लिएका थिए।

प्रकाशित: १५ फाल्गुन २०८२ १८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App