१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

नेपाललाई ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने सरकारको प्रतिबद्धता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै उनले सरकारले वित्तीय पारदर्शिता र नियामकीय सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, “नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं ।”

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी तथा संस्थागत सुधारलाई तीव्रता दिँदै वित्तीय प्रणालीलाई थप विश्वसनीय बनाउने लक्ष्य लिएको उनले बताएका छन् ।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App