नेपाली कांग्रेसका सभापति गगन थापाले अबदेखि पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्नका लागि अनिवार्य रूपमा ‘लिडरसिप एकेडेमी’ को कोर्स पूरा गर्नुपर्ने वैधानिक व्यवस्था गरिने घोषणा गरेका छन्।
शनिबार राजधानीमा आयोजित ‘नेपाल थारु संघ’ को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीमा योग्य र दक्ष नेतृत्व स्थापित गर्न यस्तो नयाँ रणनीति अख्तियार गर्न लागिएको जानकारी दिए।
पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा पुनर्जीवन दिने योजना अन्तर्गत कांग्रेसले आफ्नै नेतृत्व प्रतिष्ठान सञ्चालन गर्न लागेको थापाले बताए।
‘७ सय ५३ वटै पालिकामा निर्वाचन लड्न चाहने जोकोही साथीहरूले अब एकेडेमीमा भर्ना भएर एउटा निश्चित कोर्स पूरा गर्नैपर्छ,’ उनले भने, ‘नयाँ उम्मेदवार बन्न चाहने होस् वा पुरानै दोहोरिन चाहने, यो प्रक्रियाबाट गुज्रिएपछि मात्र उम्मेदवारका लागि योग्य मानिनेछ।’
प्रकाशित: १६ जेष्ठ २०८३ १७:२२ शनिबार





