विराटनगर स्थित कोशी अस्पतालको जग्गा खोज्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन पनि अस्पतालले जग्गाको खोजी सुरु गरेको हो ।
कोशी अस्पतालका सूचना अधिकारी नवराज लुईटेलका अनुसार ५ विघा ९ कठ्ठा ८ धुर जग्गाको मालपोत बुझाइरहेको छ । तर, अस्पतालको जग्गा विभिन्न संघ संस्था तथा मन्दिरले बर्षौंदेखि भोगचलन गरिरएका छन् ।
उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो जग्गा नापजाँच गरी अन्य संस्थाले अतिक्रमण गरेको भए सोको बिबरण तीन दिन भित्र बुझाउन अस्पताल प्रशासनलाई निर्देशन दिए पछि जग्गाको खोजी थालिएको हो । लुईटेलले मन्त्रालयको निर्देशन अनुसार जग्गाको नापजाँच गरी चारकिल्ला प्रमाणीत गरि मन्त्रालयलाई पठाइएको जानकारी दिए ।
उनका अनुसार नापजाँचका क्रममा गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रसको ब्लडबैंक र देवकोटा पुस्तकालयले कोशी अस्पतालको जग्गा भोगचलन गरिरहेको पाइएको छ ।
प्रकाशित: २८ जेष्ठ २०८३ १८:१३ बिहीबार





