२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने सरकारको संकेत

सरकारले सवारी साधनमा जोर बिजोर नम्बर प्रणाली लागू गर्न सकिने संकेत गरेको छ। 

आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले सवारी साधनमा जोर बिजोर नम्बर प्रणाली लागू गर्न सक्ने संकेत गरेको हो। 

बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सकिने र ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको जानकारी दिइन्। 

मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। 

प्रकाशित: २४ चैत्र २०८२ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App