२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

पूर्वमिस नेपाल खड्गीका पूर्वपति तिमल्सिना पक्राउ

पूर्वमिस नेपाल उषा खड्कीका पूर्वपति जीपी तिमल्सिना मंगलबार बिहान पक्राउ परेका छन्।

आफूमाथि जीपीले अभद्र व्यहार गरेको भन्दै उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा उजुरी दिएकी थिइन्। भक्तपुर परिसरका सुचना अधिकारीले जीपीलाई पक्राउ गरिएको नागरिकन्युजसँग पुष्टी गरे। 

गत १७ चैतमा फेसबुकमार्फत उषाले सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने स्ट्याटस लेखेकी थिइन्।२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो।

प्रकाशित: २४ चैत्र २०८२ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App