२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

डिपीलाई बधाई दिँदै रविले भने- निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नुहुन्छ भन्नेमा विश्वस्त छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका डोलप्रसाद (डिपी) अर्याललाई बधाई तथा शुभकामना दिएका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै लामिछानेले व्यक्तिगत र पार्टीको तर्फबाट नवनिर्वाचित सभामुख अर्यालको सफल कार्यकालको कामना गरेका हुन्।

लामिछानेकै प्रस्तावमा अर्याल सभामुखमा सर्वसम्मत चयन भएका हुन्। आफ्नो प्रस्ताव र डा. स्वर्णिम वाग्ले, सुनिल लम्साल तथा सोबिता गौतमको समर्थन रहेको उम्मेदवारीलाई निर्विरोध पारित गर्न सहयोग गर्ने सबै राजनीतिक दल र सांसदहरूलाई लामिछानेले धन्यवादसमेत दिएका छन्।

सभापति लामिछानेले अर्यालबाट उच्च संसदीय अभ्यासको अपेक्षा राखेका बताएका छन्। अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको लामिछानेले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘सदनको कामकारबाहीलाई थप चुस्त र परिणाममुखी बनाउँदै सबै दलसँग सहकार्य गरेर संसद्लाई जनमुखी संस्थाका रूपमा स्थापित गर्न उहाँले कुनै कसर बाँकी राख्नुहुने छैन।’

प्रकाशित: २२ चैत्र २०८२ १७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App