२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्ड

भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मंगलबार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी गरका थिए ।

जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ ।  

मिडिया रिपोर्टका अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड-१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो ।

उनीहरुको हत्या पछि तमिलनाडु सरकारले मुद्दा सीबीआईमा हस्तान्तरण गरेको थियो भने सीबीआईले ९० दिनभित्र नौ अधिकारीविरुद्ध आरोपको अनुसन्धान गरेको जनाइएको छ ।  

सुनुवाइका क्रममा, सीबीआईले ५० जनाभन्दा बढी साक्षीको जाँच गरेको उल्लेख गर्दै घटनाले जन–भावनामा खेलबाड गरेको भन्दै कडा सजायको सुनिश्चित गरेको तर्क दिएको छ ।

हत्यामा संलग्न नौ जना अभियुक्तलाई हत्या र प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ ।

भारतमा पछिल्लो पटक बसमा एक महिलाको सामूहिक बलात्कार र हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको थियो । एएफपी

प्रकाशित: २४ चैत्र २०८२ १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App