नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले सार्वभौम संसदले अनुमोदन गरेको बजेटका विकास कार्यक्रम कटौती गरेर विकास विरोधी चरित्र देखाएको बताएका छन्।
आइतबारबाट सुरु भएको दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक-४ पुगेका उनले एमाले र एमालेका अध्यक्षसँग पूर्वाग्रही भए ढंगबाट विकासको रकम कटौती गरिएको बताए। लोकतान्त्रिक धिमाल संघद्वारा संयोजन गरिएको भेटघाट कार्यक्रममा उनले धिमाल समुदायका संग्रालय, ग्रामथान लगायतको विकासका लागि एमालेले नै प्राथमिकता दिएको पनि बताए।
धिमाल समुदायको राजनीतिक पहुँच अभिवृद्धिका लागि एमालेले अगुवाइ गरेको अध्यक्ष ओलीको भनाइ थियो।
प्रकाशित: ३ फाल्गुन २०८२ १७:२५ आइतबार




