२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

'ग्लोबल हिरो अवार्ड' सम्पूर्ण नेपालीमा समर्पित गर्छु : ज्ञानेन्द्र शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले 'ग्लोबल हिरो अवार्ड' पाएका छन्। शाहीले यो अवार्ड सम्पूर्ण नेपालीमा समर्पित गर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै शाहीले यस्तो बताएका हुन्। उनले भने, 'ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समपित गर्छु।'

उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने बताए।

आयोजक समितिले यस कार्यक्रमलाई सफल बनाउनका लागि गरेको अथक प्रयास, लगनशीलता र समर्पण प्रशंसनीय रहेको उनले बताए।

प्रकाशित: १२ श्रावण २०८२ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App