१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

घनश्यामको टिप्पणी: बदनाम नेता बोकेर दलहरू चुनावमा जान सक्दैनन्

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बदनाम नेता बोकेर दलहरू निर्वाचनमा जान नसक्ने टिप्पणी गरेका छन्। सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर भुसालले यस्तो दाबी गरेका हुन्। 

‘दलका नेताहरू फेरि पनि रहन बहानाबाजी सुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रूपमा कार्यकर्ता भावना दोहन गरिरहेका छन्,’ भुसालले भने,‘संकटमा यिनीहरू छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदै छ ।’ 

यो सारा संकट तिनीहरूले नै ल्याएका उनले दाबी गरे। ‘यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् । तिनको पक्षमा जनमत बनाएर तिनीहरूले नै उकास्छन् भन्ने भाष्य बनाइँदै छ, यो घातक भाष्य बन्दै छ,’ भुसालले भने। 

यसले उनीहरू यहीँ रहिरहने पनि उले बताए। उनले अगाडि भने,‘यिनीहरू रहिरहेर, समाजमा यति धेरै बदनाम नेताहरूलाई राखेर ती पार्टीले जनताको बिचमा जान सक्दैनन्।’

प्रकाशित: १३ आश्विन २०८२ १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App