२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति कार्यालय अगाडि जेनजी समूहको नाराबाजी, छलफल सोमबारका लागि सर्‍यो

आज बिहान १० बजेका लागि तय भएको राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूबीचको छलफल कार्यक्रम सारिएको छ।

राष्ट्रपति कार्यालय अगाडि जेनजी समूहले नारबाजी गरेपछि छलफल कार्यक्रम सोमबारका लागि सारिएको हो। जेनजीको केही समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै शीतल निवास अगाडि नाराबाजी गरेका थिए। नाराबाजीपछि छलफल कार्यक्रम सोमबार दिउँसोसम्मका लागि सारिएको बताइएको छ।

जेनजीका मागहरूको विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान १० बजे जेनजीका प्रतिनिधिहरूलाई शीतल निवास बोलाएका थिए।

प्रकाशित: २५ आश्विन २०८२ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App