१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

माओवादीमा 'जेन जेड रेड टास्क फोर्स' गठन

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)मा ‘जेन जेड रेड टास्क फोर्स’ गठन भएको छ।  

माओवादी केन्द्र निकट जेनजीहरूको समूहले गठन गरेको टास्क फोर्सको नेतृत्व अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमल्सिनाले गरेकी छन्।  

वर्षौसम्म नेतृत्वमा बसेर पार्टी नै कब्जा गर्न खोज्नेहरूबाट जोगाउन आफूहरूले अभियान चलाएको उनको दाबी छ। माआ‍ेवादीभित्र व्यक्तिवादी प्रवृत्ति चरम उत्कर्षमा रहेको निष्कर्षसहित टाक्स फोर्स गठन गरेको बताउँदै उनले अहिलेसम्म ४० जिल्लामा टास्क फोर्सको संयोजक तोकिसकिएको जानकारी दिइन्। बाँकी जिल्लामा पनि चाँडै फोर्स गठन हुने उनको भनाइ छ।  

तिमिल्सिनाका अनुसार टास्क फोर्स माओवादीबाट १७ हजार मारिएको भन्ने भ्रमको अन्त्य गर्ने, गाउँ गाउँमा रेड टास्क पोस्ट बनाउने, पार्टीलाई पुनःसंरचनामा लैजाने काममा केन्द्रित हुनेछ। अब एक कार्यकाल अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा पार्टी सञ्चालन गर्ने र त्यसपछि शीर्ष नेतृत्वलाई बिदा गर्ने उनको भनाइ छ।

प्रकाशित: २७ आश्विन २०८२ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App