२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन–जी अभियन्ता बम भन्छिन्ः हामीलाई राजतन्त्रमा सास फेर्ने इच्छा छैन

जेन–जी आन्दोलनकी प्रमुख अभियन्ता रक्षा बमले राजतन्त्रका कुरा सधैँ आइराख्ने बताएकी छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै अभियन्ता बमले तर जेन–जी पुस्तालाई राजतन्त्रमा सास फेर्ने इच्छा नरहेको बताइन्।  

‘जनताका तहमा राजतन्त्रका कुरा आउँछन्, आइराख्छन्,’ अभियन्ता बमले भनिन्, ‘हामीलाई किन राजा चाहियो र? हामी लोकतन्त्रमा सास फेरिरहेका छौं, राजतन्त्रमा सास फेर्ने कुनै पनि इच्छा छैन।’  

राजतन्त्र जेन–जी पुस्ताको माग र म्यान्डेट पनि नभएको उनले बताइन्। ‘हाम्रो त्यो माग र म्यान्डेट पनि होइन। हामी यही संविधान र व्यवस्थालाई टेकेर यहाँसम्म पुग्यौं,’ बमले भनिन्।  

प्रकाशित: ८ आश्विन २०८२ २०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App