३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

गणेश नेपालीको घटनाले राज्यलाई गिज्याइरहेको छ : वासना थापा

नेपाली कांग्रेसले मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाले राज्लाई गिज्याइरहेको बताएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापाले राज्य आतंकका कारण एक युवाले आगो सल्काउनु परेको बताइन्।

नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुलेन्स समेत नपठाइ अपराधिकझैं घिसारेर लगेको आरोप लगाइन्।

उनले भनिन्, ‘राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो। शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन। बरु प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लग्यो। यो उद्धार हो कि गिरफ्तारी हो सरकार? उसको गल्ती यही हो कि यो देशमा जन्मियो कि यही देशमा केही गर्न खोज्यो।’

उनले प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौँका मेयर बालेन शाहले लेखेको स्ट्याटस अहिले ‘प्रधानमन्त्रीज्यूले बिर्सनुभयो कि सम्झनुभएको छ ?’ भन्दै प्रश्न गरिन्।

सांसद थापाले सवारी साधनमा लगाइएको चर्को जरिवाना र राज्यको संवेदनहीन नीतिले युवाहरूलाई निराश बनाएको बताइन्। उनले गणेश नेपालीको अनुहार हेरेर भए पनि सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्ने बताइन्।

प्रकाशित: २६ असार २०८३ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App