३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

अपेक्षित परिणाम दिन नसके निर्णय सच्याउन सरकार तयार हुनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरेका केही निर्णयले अपेक्षित परिणाम दिन नसकेको बताएका छन्।

काठमाडौं महानगरपालिका वडा नं ८ मा आयोजित गौरव तथा अभिनन्दन कार्यक्रममा बोल्दै थापाले लोकतान्त्रिक व्यवस्थामा सरकारले गरेको निर्णय सधैं अन्तिम नहुने बताए। उनले नागरिकबाट प्रश्न उठे र निर्णयले अपेक्षित परिणाम दिन नसकेको देखिए त्यसलाई सच्याउन सरकार तयार हुनुपर्ने बताए।  

‘मैले के विश्वास राख्छु भने सरकारले गरेका केही निर्णयहरू कुनै सोचका साथ गरिएको हुन्छ। तर त्यो सोचअनुसारको परिणाम आएन भन्ने लाग्यो भने लोकतन्त्रमा सरकारले एकपटक गरेको निर्णय तलमाथि हुँदैन भन्ने सोच राख्नु हुँदैन,’ उनले भने।  

उनले निर्णयहरू गलत साबित भएमा त्यसलाई सच्याउनु कमजोरी नभई लोकतान्त्रिक संस्कारको हिस्सा भएको बताए। ‘कहिलेकाहीँ निर्णय गर्दा गल्ती हुन सक्छ। गल्ती भएपछि त्यसलाई स्वीकार गरेर माफी माग्ने र निर्णय सच्याउने कुरालाई ठूलो इगोको विषय बनाउनु हुँदैन,’ थापाले भने। 

सरकारका सम्बन्धित मन्त्रालयहरूले आफ्ना निर्णयहरूको पुनरावलोकन गर्न आग्रह गरेका छन्।  

प्रकाशित: ३० जेष्ठ २०८३ १८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App