नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन प्रक्रिया अगाडि बढिसकेको बताउँदै त्यसमा अब दखलअन्दाजी नहुने बताएका छन्। मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘दुई दिनसम्म बसेको भेलालाई यसरी हल्कासँग पनि नलिऊँ। प्रक्रिया अगाडि बढिसकेको छ। हामी एक ठाउँमा पुगिसकेका छौँ,’ महामन्त्री थापाले भने, ‘अब यसमा दखलअन्दाजी हुँदैन। निर्वाचन प्रक्रियाको सन्दर्भमा त्यही अगाडि जान्छ।’
यो अवस्था निकै विशिष्ट रहेकाले नयाँ चुनिएको छोटो समयका लागि नेतृत्वले अहिलेको नेपाली कांग्रेसलाई सम्हाल्ने उनले टिप्पणी गरे। ‘निर्वाचनलाई हाँक्ने हो, निर्वाचनको लगत्तै पछाडि पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेछ,’ उनले भने,‘त्यसअघि विधानलाई संशोधन गर्नुपर्नेछ। समयानुकुल बनाउनुपर्नेछ। जो हिजो महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको छ।’
विशेष महाधिवेशन एक आन्दोलन र विद्रोह भएकाले आफू तल बसेर सहयोग गर्ने बताए। ‘मलाई पद नभएनि हुन्छ, मलाई अहिले चाहिँदैन्। म यो पदमा जानुपर्छ भन्ने छैन साथीले नै अहिलेको विद्रोहलाई सार्थकता पु¥याउँछ,’ महामन्त्री थापाले भने।
प्रकाशित: २९ पुस २०८२ १९:१२ मंगलबार





