२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

गगन भन्छन्: डर त्यागेर अगाडि बढौँ

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव हारिन्छ भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको बताएका छन्। शनिबार बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा थापाले डर त्यागेर अगाडी बढ्नु पर्ने बताए। 

पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन्। शनिबार बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा काँग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए।

‘नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ। यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम काँग्रेसको काँधमा छ। देश बनाउनसक्ने काँग्रेसले हो भन्ने सन्देश दिनेगरी काम गर्न आवश्यक छ,’ उनले भने, ’पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ। त्यो डर त्यागेर काँग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालन गर्न लागौँ।’

महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए। 

प्रकाशित: २५ श्रावण २०८२ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App