३० असार २०८३ मंगलबार
image/svg+xml
अपराध

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई पक्राउ

सर्लाहीमा कटुवा पेस्तोलसहित दुईजना प्रहरीको फन्दामा परेका छन्। एक भारतीयसहित दुईजना अवैध हतियारसहित पक्राउ परेका हुन्।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित एक सैलुनबाट कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतको सितामढी जिल्ला, सोनबरसा–१४ का २३ वर्षीय इन्दु कुमार र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ का हाल लालबन्दी बस्ने ३६ वर्षीय मोहम्मद अबुलैशलाई प्रहरीले पक्राउ गरेको हो।

सर्लाही प्रहरीले गोप्य सूचनाका आधारमा भारतको बिहार राज्य, सितामढी जिल्ला, बाजपट्टी थाना–११ का २८ वर्षीय राजेश कुमारले सञ्चालन गर्दै आएको सैलुनमा छापा मार्दा कालो प्लास्टिकको झोलामा बेरेर सैलुनको बाकसभित्र हतियार लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको हो। सोही क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिएका छन्।

प्रकाशित: ३० असार २०८३ २०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App