२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

गगन भन्छन्ः गल्ती गर्ने ‘दाइ होस कि भाउजू’ कारबाही हुनु पर्छ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गल्ती  गर्ने जो केहीपनि कारबाहीको दायरामा आउनु पर्ने बताएका छन्।‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृखंलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दे उनले  यस्तो धारणा राखेका हुन्। गल्ती कमजोरी गरे पनि मेरो पार्टीकाले गरेको हो भने त्यसलाई जोगाउनुपर्छ मान्यतामा आफु नरहेको उनले बताए।  

‘मेरो मान्यता गल्ती कमजोरी गर्ने मान्छे जुनसुकै पार्टीको नेता होस्, दाइ होस् कि भाउजू, मामा होस् कि दिदी, जोसुकै होस्,’ गगन भन्छन्, ‘ मै होस्, काँग्रेस होस् कि एमाले, गल्ती गर्नेमाथि कारबाही हुनुपर्छ।’

उले  यसो भन्दा सबैभन्दा बढी गाली आफैले खाने गरेको सुनाए । ‘मेरै पार्टीभित्र गल्ती गर्नेले सजाय पाउनुपर्छ भन्दै गर्दा त्यो मान्छे मसँग भयानक रिसायो,’ उनले भने, ‘त्यो मैले भोगिरहेको छु। नयाँले पनि मलाई नै गाली गर्ने भए।’  

 तर आफु आफ्नो कुरामा अडिग रहेको उनले बताए। ‘म यो कुरामा अडिग छु,’ उनी भन्छन्, ‘मैले बिराएको छैन। नबिराउनू नडराउनू भन्ने कुराले मलाई  डर छैन।’

प्रकाशित: १३ भाद्र २०८२ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App