सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नो पार्टी नेपाली कांग्रेसमा विलय गराएका छन्। यससँगै उनी फागुन २१ को निर्वाचनमा कांग्रेसबाट रौतहट १ को उम्मेदवार पनि भएका छन्।
कांग्रेस सभापति गगन थापाले उनलाई पार्टीमा प्रवेश गराउँदै टिकट थमाएका हुन्। झाले नेकपाका सहसंयोजक माधव नेपालविरुद्ध चुनावमा भिड्ने भएका छन्।
प्रकाशित: ६ माघ २०८२ १०:४७ मंगलबार





