नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
यसअघि प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा चेतावनीपूर्ण शैलीमा स्टाटस लेखेका थिए। प्रधानमन्त्रीले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा त्यसलाई गगनलक्षित भन्दै चर्चा भइरहेको थियो। त्यसैको जवाफमा सभापति थापाको टिप्पणी आएको हो।
सभापति थापाले स्टाटसमा ‘अहिले ठीक १८:०० बजेको छ’ भन्दै व्यंग्य गर्नुलाई १८ करोड रुपैयाँको सेटिङ भन्दै आफूविरुद्ध फैलाइएको भ्रमसँग जोडेर हेरिएको छ।
आफ्नो अभिव्यक्तिमा सभापति थापाले प्रधानमन्त्रीको नाम प्रत्यक्ष रूपमा उल्लेख भने गरेका छैनन्।
प्रकाशित: १६ कार्तिक २०८३ १८:२५ सोमबार



-600x400.jpg)

