नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित शिव पञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन गर्दै थापाले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताउँदै राजनीतिक दलमा आवद्ध भएको मानिसले सार्वजनिक जिम्मेवारी पाएको ठाउँमा उत्कृष्ट काम गरेर त्यो भाष्यलाई गलत प्रमाणित गर्नुपर्ने बताए ।
उनले भने,‘राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने जुन भाष्य जबरजस्त समाजमा निर्माण भएको छ । यो भाष्यलाई गलत सावित गर्ने कुरा हामीले अरुलाई गाली गरेर सम्भव नै छैन । राजनीतिक दलमा आवद्ध भएको मानिसले जहाँजहाँ सार्वजनिक जिम्मेवारी पाएको छ , त्यहाँ यति उत्कृष्ट काम गरेर देखाउनुपर्छ कि त्यो कामले त्यो भाष्य गलत हो भन्ने प्रमाणित हुन्छ ।’
प्रकाशित: १५ भाद्र २०८२ २०:२८ आइतबार





