२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

गगन नेतृत्वकाे कांग्रेसको निर्णय: समानुपातिक सूची पनि संशोधन गर्ने

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले यसअघि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूची पनि संशोधन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए। 

‘निर्वाचन आयोगमा भएको अभिलेखलाई रिप्लेस गर्ने नयाँ अद्यावधिक गर्ने निर्णय भएको छ,’ बैठकपछि पत्रकारलाई निर्णय सुनाउँदै चालिसेले भने, ‘विशेष महाधिवेशन पछिका घटनाक्रम जे जति भएका छन्, त्यसलाई अपडेट गर्दै लैजाने निर्णय भएको छ।’ 

यस्तै उम्मेदवार प्रयोजनका लागि दस्तखत परिवर्तन गर्ने निर्णय भएको चालिसेले जानकारी दिए। उनले भने, ‘समानुपातिक जो छ लिस्ट बुझाइएको छ, त्यो लिस्टलाई संशोधन गर्ने, त्यसमा दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता पनि भएकाले त्यसलाई अपडेट गर्ने।’

प्रकाशित: १ माघ २०८२ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App