१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री डा  बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन्।

शनिबार साँझ अचानक तीव्र चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। डा भट्टराईको सचिवालयले प्रेस विज्ञप्तिअनुसार उपचारमा संलग्न चिकित्सकहरूले उनको भित्री कानमा हुने सामान्य तर असहज समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ का लक्षण देखिएको बताएका छन्। 

सचिवालयका अनुसार हाल डा भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र उनी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन्। स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रकाशित: १३ श्रावण २०८३ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App