नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आज (शुक्रबार)देखि सुरु भएको छ।
उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन्। ओलीले मञ्चमा यसो भनिरहँदा महाधिवेशन स्थलमा विद्या भण्डारीको सन्देश लेखिएका चिठी वितरण भइरहेका छन्।
यसअघि भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले पार्टीको एकता र लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठेको बताएकी छन्। विधान महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा यो विवाद व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र भविष्यसँग जोडिएको उल्लेख गरेकी छन्।
‘मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको छु। महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाउँदै आएकी छु,’ उनले लेखेकी छन्, ‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरो लागि मात्र होइन, पार्टी र सिङ्गो राष्ट्रका लागि गम्भीर छ। यो पत्र आत्मरक्षाका लागि होइन, बरु पार्टीको उज्ज्वल भविष्यका लागि हो।’
भण्डारीको पत्र:


प्रकाशित: २० भाद्र २०८२ १४:१६ शुक्रबार





