२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

तीन क्षेत्रको मात्रै अन्तिम मत परिणाम आउँन बाँकी

१६५ निर्वाचन क्षेत्रमध्ये अब तीन क्षेत्रको मात्रै अन्तिम मत परिणाम आउँन बाँकी छ। अब गोरखा क्षेत्र नम्बर १, संखुवासभा क्षेत्र नम्बर १ र इलाम क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम आउँन बाँकी छ। 

गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ २४ हजार ५१ मतसहित अग्र स्थानमा छन् । कांग्रेसका प्रमकुमार खत्री १३ हजार ५११ सहित दोस्रो स्थानमा छन्।

संखुवासभा १ मा नेकपा (एमाले)का अर्जुन कुमार कार्की ११ हजार ७६९ मतसहित अग्रता लिएका छन् । उनलाई रास्वपाका मिङमा शेर्पाले १० हजार ७६६ मतसहित पछ्याइरहेका छन्।

इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई १२ हजार ५२१ मत प्राप्त गर्दै अग्र स्थानमा रहँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११ हजार ७७८ मत ल्याएका छन्।

धनुषाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपनि रास्वपाले मत पाएकाले त्यहाँ के गर्ने भन्ने अन्यौल भएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य रहेको ठहर गर्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

प्रकाशित: २५ फाल्गुन २०८२ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App