१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

माओवादी द्वन्द्वकालका महत्त्वपूर्ण मुद्दाका फाइलहरू पनि जलाइए

फाइल तस्बिर

जेन–जी आन्दोलनको क्रममा माओवादी द्वन्द्वकालका महत्त्वपूर्ण मुद्दाका फाइलहरू पनि ध्वस्त भएको अदालतका एक कर्मचारीले जानकारी दिएका छन् । 

अदालतमा रहेका मुद्दाका मिसिलसँगै इतिहास, अभिलेख र नजिर जलाएर खरानी पारिनेक्रममा माओवादीसँग सम्बन्धित धेरै फाइलहरू जलाइएको भेटिएको हो।

माओवादी द्वन्द्वका बेला माओवादी नेताहरूमाथि लाग्दै आएको व्यक्ति हत्याको मुद्दासम्बन्धी फाइल पनि नष्ट भएका छन्। सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र कास्की अदालतमा मुद्दाका मिसिल र दस्ताबेज अहिले खरानी भएका छन्।

कर्मचारीहरूले दिएको जानकारीअनुसार फुटाउन आउनेहरूलाई कुन कुन फाँटमा आक्रमण गर्नुपर्छ भन्ने जानकारी थियो। उनीहरूले नामै तोकेर फाँटमा रहेका मिसिलहरू आगो लगाएका थिए।

प्रकाशित: ८ आश्विन २०८२ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App