१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वको शुभकामना दिएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै यस्ता पर्वले उज्यालो दिएको बताएका हुन्।  

'आज तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार, यो दिन तामाङ समुदायको नयाँ वर्षको दिन हो,' उनले भनेका छन्, 'हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले हामीलाई यस्ता धेरै पर्वको उज्यालो दिएको छ र हामीलाई आपसी एकतामा रहन सिकाएको छ।'

अध्यक्ष ओलीले तामाङ समुदायको जीवनदर्शन, भाषा, वेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्य सोनाम ल्होछार पर्व रहेको बताएका छन्।

प्रकाशित: ५ माघ २०८२ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App