२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र धोका हो : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रलाई धोका भनेका छन्। शुक्रबार (आज) भक्तपुरमा पार्टीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष थापाले अहिलेको व्यवस्था असफलसिद्ध भइसकेको जिकिरसमेत गरेका छन्। 'सरकार भ्रष्टाचारको काण्ड नै काण्डमा फसेको छ। भ्रष्टहरू जोगाउनमा तल्लीन छ,' उनले भने, 'सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसक्यो।' उनले गणतन्त्रले विदेश दबाब, प्रभाव र हस्तक्षेपलाई बढावा दिएकोसमेत बताए।

फरक सन्दर्भमा अध्यक्ष थापाले अहिले पार्टी साङ्गठनिक रूपमा कमजोर रहे पनि वैकल्पिक विचार र मार्गचित्र आफ्नै पार्टीसँग भएको दाबी गरे।

'अहिले हामी साङ्गठनिक रूपमा कमजोर छौँ तर, सही विचार र मार्गचित्र हामीसँगै छ। अब हामीले पार्टी, सङ्गठन र जनतामा केन्द्रित हुनुपर्छ,' उनले भने।

प्रकाशित: ३० श्रावण २०८२ १९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App