४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले फर्केका किसान भन्छन्: कुनै माग र सर्त बिनै आएँ

नेकपा एमालेले पार्टी छोडेका नेता कार्यकर्तालाई पुन: पार्टीमा जोडेको छ । आज पार्टी प्रवेश गरेका नेता किसान श्रेष्ठले आफू एमालेको घर फर्क अभियानमा जोडिएर कुनै माग नै नराखी घर फर्किको बताए।  

राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा उनले आफू पार्टीमा फर्किएको मात्र नभइ आफ्नो प्रतिवद्धता पनि फर्काएको बताए। उनले भने, ‘हामी केवल पार्टीमा मात्र फर्किएका छैनौं, हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौं। आगामी दिनमा आउनेहरू पनि यही भावना लिएर फर्किनुहुन्छ।’

श्रेष्ठले यो दिन आफ्नो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड रहेको बताउँदै चार वर्षअघि आफू पार्टीबाट बाहिरिए पनि त्यस बेलाको निर्णय गलत रहेको निष्कर्षमा पुगेको बताए। 

प्रकाशित: २४ कार्तिक २०८२ १७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App