बगदाद मा रहेको अमेरिकी दूतावासमा ताजा आक्रमण भएका छन्। इराक को राजधानी बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको समाचार एजेन्सी एएफपी र रोयर्टसले जनाएका छन्।
उक्त समाचार अनुसार स्थानीय समयअनुसार बुधबार बिहान सबेरै यी आक्रमण भएका हुन्।एजेन्सीहरूले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएका छन् भने बगदादमा रहेका एएफपीका पत्रकारहरूले दूतावास नजिकै विस्फोटको आवाज सुनेका थिए।
यो अमेरिकी दूतावास अत्यन्तै सुरक्षित मानिने ‘ग्रीन जोन’ क्षेत्रमा अवस्थित छ, जहाँ धेरै कूटनीतिक मिसन र अन्तर्राष्ट्रिय संगठनहरूको कार्यालय रहेका छन्। संयुक्त राज्य अमेरिका–इजरायल र इरान बीच युद्ध सुरु भएदेखि अमेरिकी ठेगानाहरूमा धेरै पटक आक्रमणहरू हुँदै आएका छन्।एजेन्सी
प्रकाशित: ४ चैत्र २०८२ ०८:४२ बुधबार


-600x400.jpg)


-600x400.jpg)