४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय महिला लिगः संकटाको विजयी सुरुआत

सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिगमा संकटा एफसीले विजयी सुरुआत गरेको छ।

बुधबार ललितपुरमा रहेको च्यासल फुटबल मैदानमा भएको उद्घाटन खेलमा न्यू रोड टिम (एनआरटी)लाई ४-० ले पराजित गर्दै संकटाले विजयी सुरुआत गरेको हो।  

संकटाले खेलको ५औँ मिनेटमा पहिलो गोल गरेको थियो। संकटाको लागि विन थिङ्गी टुनले पहिलो गोल गरिन्।  

त्यसपछि खेलको २३औँ मिनेटमा शुक्रिया मियाले गोल गर्दै  संकटलाई दुइ गोलले अघि बढाइन्। दोस्रो गोल गरेको दुई मिनेटपछि नै लुसिया जोसेले गोल गर्दै संकटालाई जिततर्फ लगिन्।  

पहिला हाफमा ३-० को अग्रता लिएको संकटाले दोस्रो हाफको ५२औँ मिनेटमा क्विनेबल अमानक्राहले गोल गरिन्। ४-० गोलको दबाबमा रहेको एनआरटीले खेलमा एक गोल पनि फर्काउन सकेन।  

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी खेल्दैछन्। याे खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

बुधबारबाट सुरु भएको लिग बैशाख १२ गतेसम्म चल्नेछ।

प्रकाशित: ४ चैत्र २०८२ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App