२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘समाजवादीमा हुँदा पनि ओलीकै प्रशंसा गर्थें, उहाँलाई नै नेता मान्थेँ’

नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले आफू (नेकपा एकीकृत समाजवादीमा) रहँदा पनि केपी शर्मा ओलीको प्रशंसा गर्ने गरेको खुलासा गरेकी छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ बोल्दै उनले आफूले सधैँ ओलीलाई आफ्नो नेता मानेको स्पष्ट पारिन्।

आफ्नो पुरानो घर एमालेमा फर्किएपछिको पहिलो विस्तृत अन्तर्वार्तामा नेतृ झाँक्रीले एकीकृत समाजवादीमा रहँदाको आफ्नो असहजता र एमाले नेतृत्वप्रतिको दृष्टिकोणबारे खुलेर कुरा गरेकी हुन्।

एकीकृत समाजवादीका नेताहरूले ‘अर्काको पार्टीको नेताको प्रशंसा गर्ने’ भनेर आफ्नो आलोचना गर्ने गरेको प्रसंग उल्लेख गर्दै उनले भनिन्, ‘मैले अर्को पार्टीमा हुँदा पनि उहाँ (ओली) लाई नै नेता मान्थेँ।’

एकीकृत समाजवादीमा बिताएका चार वर्ष भने खेर गएको उनको भनाइ थियो। उनले उक्त पार्टीको संरचना, विधान र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्।

आफ्नो राजनीतिक सक्रियता र ऊर्जालाई एकीकृत समाजवादीमा उपयोग गर्ने कुनै ‘बिजनेस’ नै नभएको उनको गुनासो थियो।

एमालेमा फर्किएपछि घर आइपुगेजस्तो लागेको बताउँदै उनले आफ्नो राजनीतिक भविष्य अब एमालेमै सुरक्षित रहेको संकेत गरिन्।

प्रकाशित: २६ कार्तिक २०८२ २०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App