१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस निकट इञ्जिनियरहरूले नयाँ नेतृत्व चुन्दै

नेपाली कांग्रेस निकट इञ्जिनियरहरू नयाँ नेतृत्व छान्न चुनावी मैदानमा होमिएका छन् ।  

नयाँ नेतृत्वकोलागि कांग्रेसको शुभेच्छुक संगठन सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सीडेन)को चुनाव यही भदौ १४ गते हुँदैछ ।  

चुनाबले अध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित २५ पदमा नयाँ नेतृत्व छान्ने छ । त्यस दिन केन्द्रीय समितिसहित ३ वटा प्रदेश समिति बागमती, कोशी र गण्डकी प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्न चुनाव हुने छ ।  अन्य ४ वटा प्रदेशममा भने निर्वाचन नहुने भएको छ । ती प्रदेशमा सहमतिमा नेतृत्व चयन भएको छ ।  

सीडेनको नयाँ नेतृत्वकोलागि २ वटा टिम मैदानमा होमिएका छन । रवि भुषण झाले नेतृत्व गरेको टिममा महासचिवमा सुदर्शन शर्मा,उपाध्यक्षमा मदनबहादुर पुरी, उपमहासचिवमा खगेन्द्र अवस्थी, कोषाध्यक्षमा सुजित कोइराला तथा सदस्यहरूमा महेश घिमिरे, लक्ष्मी पाण्डे, दिपक कुमार साह, सविन न्यौपाने, इन्द्रजित कुमार साह लगायतकाले उम्मेदवारी दिएका छन ।  

यसैगरी धनेन्द्र केसीले नेतृत्व गरेको टिममा महासचिवमा भुपेन्द्र श्रेष्ठ, उपाध्यक्षमा सागर शमशेर शाही, उपमहासचिवमा सन्तोष नेपाल, कोषाध्यक्षमा रश्मिला बञ्जारा तथा सदस्यमा वीरेन्द्र बहादुर चन्द, दिपा पौडेल, अभिषेक  पाण्डे, दिनेश भट्टराई, शिशिर बस्नेत लगायतकाले उम्मेदवारी घोषणा गरेका छन । अध्यक्षमा उम्मेदवारी दिएका रवि भुषण झाले आफूले चुनाव जितेमा  इञ्जिनियरहरूले भोगेका नीतिगत तहमा देखिएका समस्याहरूको सामधान गर्न आफूले पहल गर्ने बताए ।  ‘विकास निर्माणमा नेपाली कांग्रेस मार्फत् राज्यले  हामीलाई  थिंक टयांकको रुपमा प्रयोग गरोस भन्ने हाम्रो एजेण्डा हो’उनले भने ।  

यसैगरी धनेन्द्र केसीको टिमबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका वीरेन्द्र बहादुर चन्दले इञ्जिनियरहरूको हक हित र अधिकारको एजेण्डालाई आफूहरूले उठाएको बताए ।  

सीडेनको चुनावमा ६ हजार ५सय ४७जना उम्मेदवार छन् । नेपाल इञ्जिनियर परिषद्बाट लाइसेन्स लिएका सबै व्यक्ति सीडेनको  सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ । यस सस्थामा  सरकारी तथा गैर सरकारी क्षेत्रमा आबद्ध व्यक्तिहरू सदस्य रहेका छन । नेपाल सरकारका सहसचिव सरहका इञ्जिनियरहरू पनि यस संस्थामा आबद्ध रहेको झाले बताए । उनका अनुसार हाल यस संस्थामा करिब ८० प्रतिशत इञ्जिनियर गैर सरकारी क्षेत्रबाट र करिब २० प्रतिशत इञ्जिनियर सरकारी क्षेत्रबाट आबद्ध छन् ।

सीडेनको चुनावकोालगि बागमती प्रदेशमा  काठमाडौं र हेटौडा, कोशी प्रदेशमा  वीराटनगर, लुम्बिनी प्रदेशमा लमही र बुटवल, कर्णाली प्रदेशमा सुर्खेत  तथा सुदूर पश्चिम प्रदेशमा धनगढीमा मतदान केन्द्र राखिएको छ ।

प्रकाशित: १० भाद्र २०८२ १९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App