१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनमा बाधा भए पनि तोकिएकै मितिमा गराउनुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की फागुन २१ गतेको चुनाव सम्पन्न गर्न अझै पनि केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प रहेको बताएका छन्।

बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन सत्रमा बोल्दै उनले सुरक्षा निकायको मनोबल उच्च बनाएर र उनीहरूलाई साधन स्रोत सम्पन्न गराएर चुनाव गराउनु अर्को चुनौती रहेको बताएका हुन्। प्रदेश सरकारको हैसियतले यो नागरिक सरकारलाई निर्वाचन गराउन आफ्नो प्रदेशको पूर्ण साथ सहयोग रहने समेत मुख्य मन्त्री कार्कीले जानकारी दिए।

यो पनि पढ्नुहोस्

निर्वाचन नभए देश थप अस्थिरतातर्फ जाने गृहमन्त्री अर्यालको चेतावनी

त्यसै गरी, कोशी प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण पौडेलले सबै प्रदेश सङ्घ मिलेर अहिले निर्वाचन सफल पार्नु र त्यसका लागि माहौल बनाउनु अहिलेको मुख्य सुरक्षा चुनौती रहेको औँल्याए। जेनजी आन्दोलन पछि कतिपय सार्वजनिक र प्रशासनिक ठाउँहरूमा अझै पनि सुशासन र सेवा प्रवाहमा चाहेको परिवर्तनको अनुभूति गर्न नसकिएको प्रति दुःख प्रकट गरे।   

यस्तै गोष्ठीको औचित्य र उद्देश्य माथि प्रकाश पार्दै, गृह मन्त्रालयका सह-सचिव तथा शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेले प्रदेश स्तरीय सुरक्षा चुनौती र आगामी निर्वाचनका लागि आवश्यक तयारी र सुरक्षा रणनीति माथि व्यापक छलफल हुने बताए।

गोष्ठीमा कोशी प्रदेशका १४ वटा जिल्लाहरू (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुर) बाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूले आ-आफ्ना जिल्लाका समग्र शान्ति सुरक्षाको अवस्था र आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा कर्णाली प्रदेशमा देखिन सक्ने सुरक्षा चुनौतीको विश्लेषण, आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नु पर्ने तयारीबारे गोष्ठीको दोस्रो सत्रमा छलफल हुनेछ।

प्रकाशित: १६ पुस २०८२ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App