इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नाति आक्रमणमा मारिएको जनाएको छ।
फार्सले आक्रमणमा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको जनाएको छ। पहिले उनकी बुहारी र ज्वाइँको मृत्यु भएको केही रिपोर्टहरू आएका थिए, तर पछि यसलाई खारेज गरिएको एजेन्सीले भनेको छ।
इरानी अधिकारीहरूले अयातोल्लाह अली खामेनीको मृत्युको सम्बन्धमा गरिएको दाबीको पुष्टि गरेका छैनन्।
प्रकाशित: १७ फाल्गुन २०८२ ०७:२२ आइतबार





