२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनको काम द्रूत गतिमा: खर्च सीमा तोकियो, चार करोड मतपत्र छाप्ने

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ। निर्वाचनकै काम अन्तर्गत मतदाता नामावली छपाइको काम सुरु गरेको छ । छपाईंको कामलाई कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे ।  

शुक्रबार सञ्चारकर्मीहरूसँग छलफल गर्दै स्वीकृत आयोगले कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने र मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रत्यक्ष र समानुपातिक तर्फ करिब चार करोड मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाउने योजना रहेको बताए। उनले निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवार र राजनीतिक दलले बैंक खाता खोली त्यसमार्फत मात्रै खर्च गर्न पाउने पनि स्पष्ट पारे।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र राजनीतिक दल र उम्मेदवारले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्नुपर्नेछ।

त्यसैगरी, प्रवक्ता भट्टराईले राजनीतिक दलले बुझाएको समानुपातिक बन्दसूचीमा आफू अनुकुल संशोधन गर्न नमिल्ने बताए। केवल कलस्टर वा प्रतिनिधित्व नमिलेको अवस्थामा वा उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा मात्र अर्को उम्मेदवारको नाम पठाउन सकिने छलफलमा जानकारी दिइएको छ ।  

अहिलेसम्म समानुपातिक तर्फ ५८ वटा चुनाव चिह्न मतपत्रमा रहने निश्चित भएको छ।

प्रकाशित: १८ पुस २०८२ १८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App