निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीका लागि साइबर ब्युरोलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर मान्यता पाएको भन्ने प्रसाईंको आरोप असत्य र भ्रमपूर्ण रहेको बताउँदै आयोगले कारबाहीका लागि ब्युरोमा पत्र पठाएको हो । आइतबार बसेको आयोग बैठकले उनलाई आवश्यक कानूनी कारबाही गर्न पत्रचार गर्ने निर्णय गरेको थियो ।
निर्वाचन नजिकिँदै गर्दा प्रसाईंको यो आरोपले गम्भीर असर गर्ने आयोगको ठहर छ । भक्तपुरस्थित निवासमा केही सञ्चारकर्मीसँग प्रसाईंले शनिबारमात्रै थापा समूहलाई आधिकारिकता दिन निर्वाचन आयोगले ठुलै रकम लिएको आरोप लगाएका थिए ।
प्रकाशित: ४ माघ २०८२ १८:३३ आइतबार





