निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लागि मनोनित उम्मेदवार रुजु भएका र नभएकाको मंगलबार दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गरेको छ। आयोगले जिल्ला र निर्वाचन क्षेत्रअनुसार उम्मेदवार दर्ता प्रक्रियाको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आयोगका अनुसार अहिलेसम्म ४५२ जनाको मनोनयन दर्ता भएको छ । त्यसमध्ये रुजु भएका उम्मेदवार १९८ जना र रुजु नभएका उम्मेदवार २५४ जना रहेको आयोगले जनाएको छ ।
मुख्य तथ्यांक रुजु भएका क्षेत्र
काठमाडौं–३ : १४ जना उम्मेदवारको मनोनयन रुजु
सप्तरी–२ : १३ जना
ललितपुर–२ : १३ जना
मकवानपुर–१ र २ : १३–१३ जना
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) –१ : १३ जना
मोरङ–६ : १२ जना
मोरङ–३ : ११ जना
चितवन–१ : ११ जना
रौतहट–४ : १० जना (रुजु नभएका २ सहित)
बारा–३ : १० जना (रुजु नभएका १ सहित)
काठमाडौं–२ ः ९ जना (रुजु नभएका २ सहित)
कास्की–२ : ८ जना (रुजु नभएका १ सहित)
रूपन्देही–१ : ८ जना (रुजु नभएका १ सहित)
दैलेख–१ : ६ जना (रुजु नभएका २ सहित)
मनाङ–१ : ४ जना (रुजु नभएका १ सहित)
डोल्पा–१ : ४ जना (रुजु नभएका १ सहित)
कैलाली–३ : ४ जना (रुजु नभएका १ सहित)
सिराहा–२ : ३ जना (रुजु नभएका १ सहित)
रसुवा–१ : ३ जना (रुजु नभएका १ सहित)
बझाङ–१ : ३ जना (रुजु नभएका १ सहित)
भोजपुर–१ : २ जना (रुजु नभएका ६ सहित)
महोत्तरी–१ : २ जना (रुजु नभएका ७ सहितं)
महोत्तरी–४ : २ जना (रुजु नभएका ४ सहितं)
गुल्मी–२ : २ जना (रुजु नभएका २ सहित)
सुनसरी–४ : १ जना (रुजु नभएका ३ सहित)
खोटाङ–१ : १ जना (रुजु नभएका ५ सहित)
सर्लाही–२ : १ जना (रुजु नभएका ३ सहित)
काठमाडौं–७ : १ जना (रुजु नभएका ५ सहित)
अछाम–१ : १ जना (रुजु नभएका ०)
मुख्य तथ्यांक (रुजु नभएका क्षेत्र)
रूपन्देही–२ : २६ जना उम्मेदवारको मनोनयन रुजु नभएको
रूपन्देही–३ : २१ जना
भक्तपुर–१ : १५ जना
काठमाडौं–५ : १५ जना
भक्तपुर–२ : १४ जना
काठमाडौं–४ : १२ जना
काठमाडौँ–१० : ११ जना
काठमाडौँ–९ : १० जना
काठमाडौँ–८ : १० जना
गुल्मी–१ : ९ जना
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) –१ : ९ जना
बारा–४ : १० जना
पर्सा–१ : ११ जना
चितवन–२ : ११ जना
गोरखा–१ : ८ जना
रौतहट–३ : ८ जना
कैलाली–२ : ९ जना
कैलाली–५ : ८ जना
कैलाली–१ : ६ जना
दाङ–३ : १४ जना
दाङ–२ : ११ जना
दाङ–१ : ६ जना
प्रकाशित: ६ माघ २०८२ १६:०२ मंगलबार





