२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकका लागि आठ अजेन्डा तय, यस्ता छन् अजेन्डा

जेन–जी विद्रोहपछि पहिलो पटक बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल गर्न आठवटा अजेन्डा निर्धारण भएका छन्। पदाधिकारी, पूर्व पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरू सम्मिलित संयुक्त बैठकले केन्द्रीय समिति बैठकका लागि आठ वटा अजेन्डा तय गरेको हो।  

मंगलबारबाट सुरु भएको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका थिए। तर, त्यसदिन बैठक अजेन्डामा प्रवेश गरेको थिएन।  

त्यसअघि केही दिन अजेन्डा तय गर्न बसेको पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा अजेन्डा तय हुन सकेका थिएनन्।  

तर बिहीबार बिहान बसेको बैठकले भने अजेन्डामा सहमति जुटाएको छ।  

तय भएका आठ अजेन्डा  

१ जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा

२ पार्टीको १५औं महाधिवेशन तयारी सन्दर्भमा  

३ प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन सन्दर्भमा

४ तोडफोड र आगजनीबाट भग्नावशेष भएका केन्द्रीय कार्यालयलगायतका मुलुकभरका विभिन्न पार्टी कार्यालयहरू पुनःनिर्माण सम्बन्धमा  

५ मुलुकको शान्ति सुरक्षा र क्षतिपूर्ति तथा पुनः निर्माणका सम्बन्धमा

६ प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनःनिर्माण सम्बन्धमा

७ कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा।

८ विविध

अब केन्द्रीय समिति बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।  

प्रकाशित: ३० आश्विन २०८२ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App