१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनमा चार शक्तिबिच तालमेलको प्रयास

नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनसहित मुलुकको राजनीतिक अवस्थाबारे छलफल गर्न १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएका हो। बैठकले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटसहितका विषयमा निर्णय लिनेछ।

राष्ट्रियसभा निर्वाचनमा संविधान जारी हुँदाका चार शक्ति नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी), मधेसी मोर्चा (लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी) बिच समझदारी गरेर जाने गरी छलफल भइरहेको छ। ‘चार शक्तिबिच मिलेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘टुंगोमा पुग्न भने बाँकी छ।’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा एक्लै जाँदा परिणाम आफ्नो पक्षमा नआउने जनाउँदै विभिन्न राजनीतिक दलसँग सम्वाद चलिरहेको जानकारी दिए। पार्टीको सोमबार बस्ने कार्यसम्पादन समितिले त्यस विषयमा निर्णय लिने जानकारी दिँदै भने, ‘राष्ट्रियसभा निर्वाचनमा कुनकुन पार्टीसँग तालमेल हुन्छ, कुनकुन प्रदेशमा कांग्रेसले कोटा पाउँछ आज थाहा हुन्छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकले यस विषयमा अन्य दलहरूसँग कुरा गरिरहनु भएको छ।’ सिटौलाले प्रतिनिधिसभा निर्वाचनमा भने चुनावी तालमेल गरेर जाने पार्टीको नीति नरहेको दाबी गरे।

प्रकाशित: २१ पुस २०८२ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App