१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीमा धेरै रोजाईमा अर्थविद् खनाल !

नागरिक संवाददाता

काठमाडौं, भदौ २९

जेनजीको आन्दोलन पछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छिन् । कुनै राजनीतिक आवद्धता नभएका विज्ञलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको बेला पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्की खनाललाई मन्त्री बनाउन सकरात्मक देखिएको स्रोतको दाबी छ । यसअघि सरकारले खनाललाई उच्च स्तरीय आर्थिक सुधार आयोगको संयोजक बनाएको थियो । मुलुकको अर्थतन्त्रको बारेमा शुक्ष्म अध्ययन गरेका खनालसँग सुधारका खाका समेत रहेका छन् ।

खनाललाई अर्थमन्त्री बनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सिफारिस गरेको बताइएको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्थविद् स्वर्णिम वाग्लले पनि अहिलेको विकराल आर्थिक अवस्थामा खनाल अर्थमन्त्रीका लागि उपयुक्त भएको बताएका छन् ।  

वाग्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको विकराल आर्थिक अवस्था सम्हाल्न मेरो समर्थन प्रिय अग्रज एवं मित्र, पूर्व अर्थसचिव रामेश्वर खनाललाई हुनेछ ।’ वाग्लेले आफ्नो पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

प्रकाशित: २९ भाद्र २०८२ २०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App