१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए समिति

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न तीन सदस्य समिति गठन गरेको छ। 

दुर्गा प्रसाईं नेतृत्वको उक्त अभियानले प्रेमदिप लिम्बू संयोजक रहेको वार्ता समिति बनाएको हो । समितिमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य छन् ।  

सरकारले पनि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको छ। समितिले महाअभियानका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूको सम्बन्धमा छलफल गर्नेछ। 

प्रकाशित: २९ मंसिर २०८२ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App