पाँचबुँदे माग राख्दै कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले बिहीबारदेखि कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे मागसहित अनशन सुरु गरेका छन्।
उनका मुख्य मागमा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक दरबन्दीसहित ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन, चालु शैक्षिक सत्रभित्रै एमबीबीएससहित चिकित्सा शिक्षाको पठनपाठन सुरु तथा स्वार्थ बाझिने गरी गरिएका उपकुलपति र रजिस्ट्रारको नियुक्ति तत्काल बदर गर्नुपर्ने विषय समावेश छन्।
प्रकाशित: ९ श्रावण २०८३ ११:०५ शनिबार





