१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

जनमत पार्टीको अध्यक्षमा पुनः डा. सिके राउत चयन

जनमत पार्टीको अध्यक्षमा पुनः डा. सिके राउत चयन भएका छन्।

आज सम्पन्न मतगणना अनुसार अध्यक्षमा पुन: राउत चयन भएका हुन्। यस्तै, महासचिवमा सञ्जय यादव निर्वाचित भएका छन्।

अध्यक्ष पदमा सिके राउतको मात्र उम्मेदवारी परेको थियो। तर २० प्रतिशतभन्दा बढी मत ल्याउने प्रावधानका कारण अध्यक्ष पदमा पनि मतदान भएको थियो। राउतले २० प्रतिशतभन्दा बढी मत ल्याएका छन्।

आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ।

प्रकाशित: १८ आश्विन २०८३ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App