१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

बाबुराम भट्टराईद्वारा नेपाली कांग्रेसको पुनर्संरचनाको प्रशंसा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूले समयअनुसार आफूलाई पुनर्संरचनामा लैजानुपर्ने र त्यसको सुरुवात नेपाली कांग्रेसले गरेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र उनको टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन्। उनले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट हुनु सकारात्मक भएको बताए।

डा. भट्टराईले नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचनामा आएका दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको भन्दै प्रतिस्पर्धा र सहकार्यले देशको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुने उल्लेख गरेका छन्। 

प्रकाशित: १ माघ २०८२ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App