नवनियुक्त मन्त्री महाविर पुनले अहिले नै आफूसँग के-के काम गर्ने भन्ने योजना नै नरहेको बताएका छन् ।
शपथपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले आफू अपर्झट अवस्थामा मन्त्री बनेकोले कुनै योजना नबनाएको बताए । उनले भने, ‘म किताब बेच्दै गरेको मान्छे मन्त्री बनेको छु । किताब बेच्दै गरेको मान्छे अपर्झट मन्त्री बनेपछि के गर्ने भनेर नसोध्नुहोस् ।’
उनले आफूलाई कुनै सेवा सुविधा नचाहिने भन्दै अब मन्त्रालयमै बसेर काम गर्ने जे हुन्छ खाने लगाउने भनेका छन् ।
प्रकाशित: ६ आश्विन २०८२ १६:०५ सोमबार


-600x400.jpg)


