कांग्रेस कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा तालाबन्दी गरी रिले अनसन सुरु भएको छ । पार्टी प्रदेश सभापति अमर सिंह पुनले मनोनित प्रदेश सदस्य तथा पूर्वएसएसपी बिक्रम सिंह थापालाई हटाएपछि गत भदौ १७ गते थापाका समर्थक तथा असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी र तोडफोड गरेक थिए ।
भदौ १९ गते प्रहरीको उपस्थितिमा ताला काटेर पार्टीको जिल्ला कार्य समितिको बैठकले अनुशासन समितिलाई आवश्यक कारबाहीको सिफारिसकाको म्यान्डेड दिइएको थियो । तर हालसम्म अनुशासन समितिले जिल्ला कार्य समितिलाई सिफारिस गरेको छैन ।
शनिबार दिनेश हमालको संयोजकत्वमा गठित समितिको अगुवाइमा पार्टीको भवनको च्यानल गेट र बरन्दाबाट छिर्ने ढोकामा तालाबन्दी गरी अनसशन सुरु गरिएको छ ।
आईतबार ४ बजेदेखि रिले अनसन सुरु भएको संघर्ष समितिले जनाएको छ । रिले अनसन चार/चार घण्टा रहने र माग पुरा नभएसम्म जारी रहने संयोजक हमालले बताए । पार्टी सभापति अब्दुल कलामले चलाएको हैकमबादको अन्त्य हुनु पर्ने उनले बताए ।
क्रियाशील सदस्य वितरणमा परादर्शी हुनु पर्ने, पार्टी विधि र विधान अनुसार चल्नु पर्ने माग उनीहरूको छ ।
प्रकाशित: २२ भाद्र २०८२ २१:०६ आइतबार





