सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालबिच भेटघाट भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन, २०८२’ को तयारीबारे छलफल भएको सचिवालयले जानकारी दिएका छ।
भेटमा सम्मेलनको तयारी, सम्भावित लगानीका क्षेत्रहरू र विकासका एजेन्डालाई प्रभावकारी बनाउने विषयमा कुराकानी केन्द्रित रहेको बताइएको छ।
प्रकाशित: ३ भाद्र २०८२ १९:३९ मंगलबार





